२०८२ चैत्र २० गते शुक्रवार

नेपाल प्रहरीमा ४ सय भन्दा बढी प्राविधिक पदमा भर्ना खुल्यो

दाङ,२० चैत । नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदहरूमा ४ सय भन्दा बढी जनशक्ति भर्नाका लागि आवेदन खुलाएको छ। यस भर्नाअन्तर्गत प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक तथा प्रहरी जवान पदहरू समावेश छन्। इन्जिनियरिङ समूहअन्तर्गत कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक्चर र अटोमोबाइल विधामा अवसर प्रदान गरिएको छ।  विधि विज्ञानतर्फ बायोलोजी तथा रसायन विषयमा र स्वास्थ्य सेवाअन्तर्गत मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट तथा सीएमए पदहरूमा पनि आवेदन खुलाइएको छ।

कुल रिक्त पदमध्ये प्रहरी जवानका लागि २ सय ८० जना र अन्य पदहरूका लागि १ सय २९ जना माग गरिएको छ। दरखास्त दिने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ। प्राविधिक प्रहरी जवान पदका लागि भने चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक तथा योग्य नेपाली नागरिकलाई समयसीमाभित्र आवेदन दिन आग्रह गरिएको छ।।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया