२०८२ चैत्र २० गते शुक्रवार

तुलसीपुरमा टिप्परको ठक्करबाट मृत्यु भएकी पुष्पा कँडेल

तुलसीपुर, ६ चैत ।  दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ निवासी ४९ बर्षीया पुष्पा कँडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुरसार तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा७प ६३३१ नम्बरको स्कुटीलाई पश्चिमबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ख २३०८ नम्बरको टिप्परले हिजो बेलुका पौने ७ बजेको समयमा दुधेनास्थित चमिखोलानजिकै ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटीमा सवार कडेलको घटनास्थलमै मृत्यु भएको हो ।

स्कुटी चालक मृतकका श्रीमान ५० बर्षीय दुर्गा कँडेल सामान्य घाइते हुनुभएको छ । घटनापछी केहीबेर आफन्तहरुले शव उठाउन नदिदा अवस्था तनावग्रस्त बनेको थियो । ठक्कर दिएर फरार भएको टिप्परलाई प्रहरीले नारायणपुरबाट नियन्त्रणमा लिएपछी आफन्तहरु शव उठाउन सहमत भएका हुन् । करिब राती १० बजे शव उठाएर पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।।

प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया