दाङ, १३ चैत । पूर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीलाई पितृशोक परेको छ । तुलसीपुर उपमहानगरपालिका–६ स्थित आफनै दुई तले घरको छतबाट खसेर उहाका बुवा ८५ बर्षिय ललित बहादुर वलीको निधन भएको थियो । आज बिहान १० बजे घरको छतमा घाम ताप्न जाने क्रममा खसेर गम्भिर घाइते भएका वलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बावुराम बस्नेतका अनुसार तुलसीपुर–६ स्थित आफ्नै दुई तलामाथिबाट भूइमा खसेर गम्भिर घाइते हुनुभएको थियो । उहाँको आजै शितलपुर बबई घाटमा अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । बुवाको निधन भएपछि को मल वलीकाठमाण्डौबाट दाङ आजै आइपुग्ने परिवारले जनाएको छ । उहाँका ३ छोरा र कोमल वलीसहित ४ छोरी रहेका छन् ।
प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार




