२०८२ चैत्र २० गते शुक्रवार

जिप दुर्घटनामा दुई जनाको मृत्यु

फोटो फाईल

डोटी, १० चैत । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचोकको कच्ची सडकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र काँडीस्याउलेकै १९ वर्षीय कैलाश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।

खतेडाबाट काँडीस्याउलेका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१च ३९२३ नम्बरको जीप गएराति दुर्घटना भएको हो । दुर्घटनापछि दुवै जना साइलीखोलामा मृत अवस्थामा भेटिएको डोटी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया