२०८२ चैत्र २० गते शुक्रवार

दलित र महिलाको सवालमा बजेट कार्यन्वयनमुखी हुनुपर्नेमा जोड

फोटो फाईल

तुलसीपुर, २० चैत । दलित महिला संघ दाङको आयोजनामा लुम्बिनी प्रदेश सरकार संग निति तथा कार्यक्रम र बजेट कार्यन्वयन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम आज तुलसीपुरमा सम्पन्न भएको छ ।संघका अध्यक्ष युवा कराराकोे अध्यक्षता एवं सामाजिक विकास समितिका संयोजक यम बहादुर नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रदेश योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर नहकुल केसीले प्रदेशमा दलित ,महिला र सिमान्तकृत वर्गको बस्तुस्थिती,निति र योजना तथा कार्यक्रमको बारेमा प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रममा सहभागी दलित अधिकारकर्मी खेमराज विश्वकर्माले दलित,महिला र सिमान्तकृत बर्गहरुको लागी प्रदेश सरकारले निति र योजना संगै बजेट कार्यन्वयन हुनु पर्ने बताउनु भएको छ । उहाले कार्यक्रम तथा योजना बनाउने तर बजेट नहुदा कार्यन्वयन नहुने समस्या भएको भन्दै यस प्रति ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।यस्तै तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले प्रदेश सरकारको कतिपय योजना तथा कार्यक्रममा लक्षित समुदायको पहुँच नपुगेको गुनासो गर्नुभयो ।

प्रदेश सरकारले दलित समुदायका बालबालिकाहरुलाई उच्च शिक्षाका लागी छात्रबृत्ति कार्यक्रम ल्याए पनि सवैको पहुँच नपुगेको भन्दै यसलाई अझ प्रभावकारी बनाउनुपर्ने माग गर्नुभएको छ ।यस्तै दलित पत्रकार संघ दाङका अध्यक्ष गिरीराज नेपालीले शिक्षा,स्वास्थ्य र रोजगारीका लागी ठोस कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य यमुना परियार, बसन्ता केसी,दंगीशरण गाउँपालिका कार्यपालिका सदस्य सितारा नेपाली, वडा सदस्यहरु मधु सुनार, बिनीता परियार, अधिकारकर्मी पुनम सेपाईली लगाएतले दलित र महिलाको क्षेत्रमा कार्यक्रम तथा योजना प्रभावकारी हुनुपर्ने माग गर्नुभएको छ ।

सो अवसरमा बोल्दै सामाजिक विकास समितिका संयोजक यम बहादुर नेपालीले कार्यक्रम तथा योजना अनुसार बजेट ल्याउन पहल गर्ने बताउनु भयो । साथै उहाले प्रदेश सरकारले दलित सम्बन्धी विधेयक ल्याउने तयारी गरेको र अहिले विधेयक माथी दफाबार छलफलको प्रक्रियामा रहेको बताउनुभयो ।सो अवसरमा प्रदेश सांसदहरु शुसीला वादी,लोका विश्वकर्माले आफुहरुले विशेषगरी दलित समुदाय र महिलाहरुको मुद्दा उठाउने गरेको बताउनु भयो ।

दलित महिला संघ दाङका सदस्य यमुना परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, योजना आयोगका सदस्य भुवन चौधरी, मानव अधिकारकर्मी सुसील बस्नेत, दलितअधिकारकर्मी जोगेन्द्र विश्वकर्मा, निर्मण नेपाली, निर्मला सुनार लगाएतले बोल्नु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव गंगा विश्वकर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया