२०८२ चैत्र २० गते शुक्रवार

पूर्व ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ, १५ चैत ।  नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका एआइजी मनोज केसीले जानकारी दिनुभयो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो ।

जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो । उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।।

प्रकाशित मिति : २०८२ चैत्र १५ गते आइतवार
प्रतिक्रिया