दाङ, तुलसीपुर । सानिमा बैंक लिमिटेड, तुलसीपुर शाखाले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोबल मनी वीक २०२६” को अवसरमा बैंकको तुलसीपुर शाखाद्वारा तुलसीपुर उपमहानगरपालिका – ४ स्थित गुरुजजुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो ।
विद्यार्थीलाई डिजिटल बैंकिङबारे जानकारी “स्मार्ट मनी ह्याबिट्स” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा शाखा प्रबन्धक मच्छिन्द्र कुमार भण्डारीले आजको युगमा डिजिटल बैंकिङ सेवाको आवश्यकता र महत्त्वबारे विद्यार्थीहरूलाई जानकारी दिनु भएको थियो । साथै, उहाँले बैंकिङ शिक्षाको आधारभूत ज्ञान पनि प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयका शिक्षक प्रमोद न्यौपानेले सानिमा बैंकले जिल्लामा छिटो, छरितो तथा सरल तरिकाले सेवा प्रदान गरेकोमा प्रशंसा व्यक्त गरे। उनले आधुनिक प्रविधियुक्त युगमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता सम्बन्धी ज्ञान अत्यन्त आवश्यक रहेको बताउनुभयो ।




