फागुन ,१५ ।
आइसीसी विश्व कप छनोट अगाडिको अभ्यास खेलमा नेपालले मंगलबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । नामिबियामा केही दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत विजेता बन्दै संयुक्त अरब इमिरेट्स (युएई) र दोश्रो स्थानमा रहेको नेपाल विश्वकप छनौट खेल्न लागेका हुन् ।
दुई साताको फरकमा नेपालल युएई तेस्रो पटक खेल्न लागेका छन । नामिबियामा भएको डिभिजन २ को खेलमा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गर्दा फाइनलमा ७ रनले हारेको थियो । फाइनलमा नेपालको जितमा कप्तान पारस खड्काले सतक प्रहार गरेका थिए ।
जिम्बाबेमा मार्च ४ देखि हुँने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिम विश्वकप खेल्न पाउनेछन । प्रतियोगिताबाट उत्कृष्ट ३ एसोसिएट रास्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।
नेपाल समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ। नेपालले पहिलो खेल फागुन २० गते अाइतबार घरेलु टोली जिम्बावे विरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले फागुन २४ स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले फागुन २६ मा अफगानिस्तान र फागुन २८ मा हङकङको सामना गर्नेछ। दोश्रो अभ्यास खेलमा फागुन १७ गते बिहीबार नेपालले हङकङको सामना गर्नेछ।