तुलसीपुर, ४ असार । तुलसीपुर उपमहानगरपालिकाले भोलिदेखि नियमित पठानपाठन संचालन गर्न सबै विद्यालयहरुलाई आग्रह गगरेको छ । असार ३ गते बसेको तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको बैठकले बढ्दो गर्मीका कारण असार ४ गतेदेखि ६ गतेसम्म ३ दिन गर्मी विदा दिने निर्णय गरेको थियो ।
मौसममा आएको परिवर्तन संगै गर्मी विदा दिइरहन नपर्ने भन्दै नगर प्रमुख टिकाराम खड्को निर्देशन अनुसार असार पाँच गतेदेखि नियमित रुपमा पठनपाठन सुचारु गर्न सबै विद्यालयहरुलाई आग्रह गरिएको तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० असार ४ गते सोमवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।