तुलसीपुरमा मेयर कप प्रतियोगिता हुदै

तुलसीपुर,११ फागुन ।

तुलसीपुर उपमहानगरपालिकाले मेयर कप खेलको सुरुवात गर्ने भएको छ । नीति तथा कार्यक्रममा राखेर खेलाडीहरुलाई उत्प्रेरित गर्नका लागि आयोजना गर्न लागिएको कपको पहिलो खेलको सुरुवात हुने भएको छ । पहिलो मेयरकप खेल अन्तर्गत फागनु २३ , २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववई नदीमा विच भलिवल प्रतियोगिताको आयोजना गरिएको संयोजक अमर नेपाली माइकलले वताएका छन । उनँका अनुसार ५ नम्वर प्रदेशमै पहिलो पटक विच खेलको आयोजना गरिएको हो ।

उनले पर्यटन प्रवद्र्धन गर्नका लागि यस खालको प्रतियोगिता आयोजना गरिएको पनि वताए । खेलमा सहभागि हुनका लागि १९ वटै वडाका खेलाडीहरुले भाग लिन सक्ने सदस्य दिपक कुमालले वताउनुभयो । उहाँले हरेक वडाबाट महिला र पुरुष खेलाडीको एउटा टिमले प्रतियोगितामा भाग लिन सक्ने समेत वताए । विच खेलका लागि हरेक समुहमा दुई दुई जना खेलाडी रहने गरेका छन् । सदस्य कुमालका अनुसार खेलमा सहभागि हुने खेलाडीलाई अनिवार्य रुपमा वडाले सिफारिस गर्नुपर्ने वताएका छन ।

शुक्रवार वसेको वैठकले संयोजक अमर नेपाली माइकलको अध्यक्षतामा सहभागिताका लागि सवै खेलाडीहरुलाई आव्ह्वान गर्ने समेत निर्णय गरेको छ । खेलका महिला र पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई अलग अलग रुपमा क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कारको व्यवस्था गरिएको उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया