महँगा विद्युतिय गाडीको कर आधाले घट्यो

काठमाडौं । सरकारले महँगा विद्युतीय गाडी (ईभी)मा करको दर झन्डै आधाले घटाएको छ । १०० देखि २०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तशुल्क लाग्ने गरेकोमा अर्थमन्त्री प्रकाशशरण महतले भन्सार महसुल १५ प्रतिशत र अन्तशुल्क १० प्रतिशतमा झारेका छन् ।

यस्तै, २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर र अन्त शुल्क ४५÷४५ प्रतिशत रहेको थियो । नयाँ आर्थिक विधेयमा अर्थमन्त्रालयले यी सवारीको अन्तशुल्क २० प्रतिशत र भन्सार २० प्रतिशत कायम गरेको छ । यस्तै, ३०० किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सारशुल्क ४० प्रतिशत र अन्तशुल्क भने ४५ प्रतिशत कायम गरेको छ । यसअघि भन्सार शुल्क ६० र अन्तशुल्क पनि ६० प्रतिशत थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया