वन महासंघ दाङको अध्यक्षमा हरिप्रसाद भुसाल निर्वाचित

दाङ, बैशाख १५ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङका अध्यक्षमा हरिप्रसाद भुसाल निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार भएको निर्वाचनबाट भुसाल अध्यक्षमा निर्वाचित हुनु भएको हो । उपाध्यक्षमा चन्द्रबहादुर वली र सचिव राधा बिष्ट सर्वसहमतिमा चयन हुनु भएको छ । अधिवेसनले २२ जनालाई सदस्यमा आमसहमतिबाट निर्वाचित हुनु भएको छ ।

बुधबार शुरु भएको छैठो जिल्ला अधिवेसनमा नयाँ नेतृत्व चयनका लागि आमसहमति जुट्न नसकेपछि आज अध्यक्ष पदमा निर्वाचन भएको हो । अन्य पदमा भने आम सहमति जुटेको छ । यसैबिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई आजै एक कार्यक्रमकाबिच पद तथा गोपनियताको सपथ खुवाइएको छ । निर्वाचन संयोजक घनश्याम थापाले नवनिर्वाचितहरुलाई सपथ खुवाउनु भएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद भुसाल, निर्वतमान अध्यक्ष भूपेन्द्र सुवेदी, वन महासंघका प्रदेश उपाध्यक्ष तिलकराम भण्डारीले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार
प्रतिक्रिया