२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरमा छाडा पसु चौपायाले गर्दा दुर्घटनाको जोखिम बढ्यो : सवारी चालक 

चेतन वली तुलसीपुर, ३० चैत । दाङको तुलसीपुर बजार आसपासका क्षेत्रमा अहिले छाडा पसु चौपायाको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ । छाडा चौपायाले गर्दा दुर्घटनाको जोखिम अत्यधिक बढेको भन्दै सवारी चालकहरूले गुनासो गरेका छन । जथाभावी रुपमा गाईवस्तुहरू सडक बिचमै बसिरहेका हुन्छन, यसले दुर्घटनाको जोखिम बढाइरहेको छ, अटो चालक दंगीशरण गाउँपालिका ४ का भीम बहादुर वलीले भन्नुभयो । नगरपालिकाले तत्काल यसको व्यवस्थापन गरिदिए छाडा पशुचौपायाका कारण निम्तिने दुर्घटना न्यूनिकरण हुने उहाको भनाई छ ।

यस्तै अर्का गाडी चालक प्रकाश साउदले पनि यसरी छाडा रुपमा रहेका गाईवस्तुहरू सडक बिचमा लाइन लागेर बस्ने गरेको भन्दै गाडीबाट झरेर साइड लगाउदै हिँड्नु पर्ने अवस्था आएको बताउनुभयो । यसरी बिचमा गाडी रोक्नु पर्छ यसले गर्दा सडकमा ठूला गाडी देखी मोटरसाइकल र अटोहरुको जाम लाग्छ उहाले भन्नुभयो । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । अर्का एक ज्येष्ठ नागरिक टोप बहादुर सुनारले भने यसरी छाडा रुपमा पशुचौपाया छाडेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।  पहिले हाम्रा पालामा यिनै गाईगोरुलाई आमा सरह माया गर्थ्यौँ,  तर, अहिलेका मान्छे धेरै अल्छि र सुखारी हुन थाले त्यसैले गाईको महत्व छैन, यसरी जथाभावी छाडा छोडिएको छ, यसप्रति कसैको ध्यान छैन, यस्तो देख्दा मलाई धेरै चिन्ता लाग्छ, उहाले भन्नुभयो ।

यता तुलसीपुर महानगरपालिकाले भने बजार क्षेत्रमा रहेका छाडा गाईवस्तुहरू व्यवस्थापनको विषय अत्यन्तै चुनौतीपूर्ण रहेको बताएको छ । छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाको लगानीमा तुइखोला र वेलझुन्डिमा गरेर दुईवटा गौशाला निर्माण गरेको  तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले बताउनुभयो । तुलसीपुरमा रहेका छाडा पशुचौपायालाई गौशालामा लगेर राख्ने गरेको भएपनि अन्यत्रबाट आउने क्रम नरोकिएको उहाको भनाई छ ।

नगरपालिकाले प्रत्यक महिना एकएक लाखका दरले दुईवटा गौशालालाई वार्षिक २४ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको उपमेयर चौधरीले जानकारी दिनुभयो । तर, ती गौशाला पनि अहिले व्यवस्थित रुपमा अगाडि बढ्न नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन । चुनौतीका बावजुत पनि छाडा पशुचौपायालाई व्यवस्थापन गर्दै आइरहेको बताउँदै उपमेयर चौधरीले गौशालामा फोन गरेर तत्काल तुलसीपुर बजार आसपासमा रहेका छाडा गाईबस्तुलाई व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।