
तुलसीपुर, १९ फागुन । शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि वडा अध्यक्षले दुर्व्यवहार गरेको घटना बाहिर आएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि सोही पालिकाका वडा नं. २ का वडा अध्यक्ष सुनिल ओलीले कार्यकक्ष भित्रै दुर्व्यवहार गरेको घटना बाहिर आएको हो । स्रोतका अनुसार नदीजन्य वस्तुको विषयलाई लिएर वडा अध्यक्षले दुर्व्यवहार गरेको बुझिएको छ । स्रोतका अनुसार शनिबार नै कार्यपालिकाको आकस्मिक बैठक बोलाइएको छ ।
यता नेपाल निजामती कर्मचारी युनियन लुम्बिनी प्रदेश कार्यसमितिका उपाध्यक्ष रेश्मी राज अधिकारीले घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ । अधिकारीले निती निर्माण बमोजिम काम गर्न खोज्दा आफू अनुकुल काम नभएको बहानामा कानुन हातमा लिएर अशोभनीय व्यवहार गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्नुभएको छ ।।
प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार