अपाङ्गगताहरुकालागि प्रदेश स्तरीय सम्मेलन तुलसीपुरमा सुरु

तुलसीपुर ४ माघ

उच्च अदालत तुलसीपुरका न्ययाधिस इश्वरराज आचार्यले मदिरा विक्रिवितरणमा रोक लगाएमा पचास प्रतिशत मान्छेको बाँच्न पाउने अधिकार त्यसै आउने बताउनुभएको छ । मदिराले नै समाजलाई खलल पर्याएको भन्दै उहाँले हत्या, हिंसा, कुटपिट यसैका कारण हुने गरेको बताउनुभयो । अपाङ्गगता भएका व्यक्तिहरुको अधिकार विषयक दुई दिने प्रादेशीक सम्मेलनको तुलसीपुरमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मान्छेले मान्छेलाई चिन्न नसकेकै कारण समस्या पैदा भएको भन्दै उहाँले मान्छेले मान्छेलाई चिनेमा मानव अधिकारको ग्यारेन्टी हुने बताउनुभयो । ‘विहे भएको दुई महिनामै सम्बन्ध विच्छेदको मुद्दा आउँछ, आखिर किन यस्तो हुन्छ ?,’ न्ययाधिस आचार्यले भने,‘मान्छेले मान्छेलाई चिन्न नसक्नु नै प्रमुख कारण हो ।’
सो अवसरमा कार्यक्रमका विशिष्ट अथिति तुलसीपुर उपमहानगरापलिका प्रमुख घनश्याम पाण्डेले सामाजिक, आर्थिक र सांस्कृतिक विकास भएमा मात्रै अपाङ्गगता भएकाहरुको अधिकार सुरक्षित हुने बतानुभयो ।
संविधानले महिला, जेष्ठनागरिक, असक्त, अपाङ्गगताहरुको अधिकार सुनिश्चित गरे पनि कार्यान्वय नहुँदा समस्या भएको बताए । ‘संविधानमा सवै व्यवस्था छ,’– नगरप्रमुख पाण्डेले भन्नुभयो,– ‘तर पनि नागरिकहरु, खान नपाएर, उपचार गर्न नपाएर मरिरहेका छन् यसको अनुगमण गरेर उनिहरुलाई बचाउनु पर्छ ।’
यसैविच अपाङ्गग महासंघका केन्द्रिय उपाध्यक्ष देविबहादुर पोख्रेल राज्यले आफैले वनाएको नीति तथा कार्यक्रम अनुसार व्यवहार कार्यान्वय नहुँदा आफुहरुलाई झनै दुःखीत बनाएको बताउनुभयो ।
कार्यक्रमा संघिय इकाई प्रहरी कार्यालय तुलसीपुर प्रदेश नं. पाँचका प्रहरी बरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरी, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, राष्ट्रिय मानवअधिकार आयोग वुटवलका प्रमुख वुद्ध नारायण सहनी, राष्ट्रिय बहिरा संघका केन्द्रिय महासचिव अजयकुमार शर्मा लागएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण मानवअधिकार अधिकृत टेक खनालले गर्नुभएको थियो ।

‘सवैका लागि घर–घरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने नारा सहित राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा सुरु भएको प्रदेश स्तरीय सम्मेलन भोली (शुक्रबार ) सम्म चल्नेछ ।
सम्मेलनमा अपाङ्गगता सम्बन्धि राष्ट्रिय अन्तराष्ट्रिय कानुन, त्यसको कार्यान्वयनको अवस्था, स्थानीय तहमा हुने कार्यक्रमको तर्जुमामा, अपाङ्गगताहरुको क्षेत्रमा काम गर्दै आइरहेको महिला तथा बालबालिका कार्यालयको काम र प्रभावकारिताका विषयमा गम्भिर छलफल गरिने आयोजक संस्थाले जनाएको छ ।
त्यस्तै विषेश गरि सम्मेलनमा शिक्षा, स्वास्थ्य र हाल भइरहेका भौतिक संरचनामा अपाङ्गगताहरुको पहुँच, विभेद, महिला अपाङ्गगहरुमा भइरहेको हिंसा लगाएतका विषयमा पनि छलफल गरेर तुलसीपुर घोषणा पत्र जारि गरिने आयोगका निर्देशक मुरारी खरेलले जानकारी दिए ।
मर्यादित पूर्ण जिवन जिउनका लागि सहयोग प¥याउने उद्देश्यले आयोजित सम्मेलन पछि तयार पारिएको घोषण पत्र पाँच नम्बर प्रेदशभरिका सबैस्थानीय तहमा पुरयाइने छ ।
सम्मेलनमा दाङ, रोल्पा, प्युठान, बाँके, बर्दिया, कपीलवस्तु, पाल्पा, अर्घखाँची, गुल्मी, रुपन्देही जिल्लाबाट ४० जनाको सहभागिता रहेको छ । सम्मेलनमा अपाङ्गगताको क्षेत्रमा कृयासील व्यक्ति र महिला तथा बालबालिका कार्यालय प्रमुखहरुको सहभागिता छ ।

प्रकाशित मिति : २०७४ माघ ४ गते बिहिवार
प्रतिक्रिया