२०८३ कार्तिक १२ गते बिहिवार

ट्र्याक्टरबाट खसेर एक युवकको ज्यान गयो

दैलेख, १५ माघ । मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखको नारायण नगरपालिका–१ गहतारी नजिक ट्र्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश विक रहेको प्रहरीले जानकारी दिएको छ ।

छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेको भे २ त १४७८ नम्बरको ट्र्र्याक्टरबाट खसेर टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकसिंह विष्टले जानकारी दिनुभएको छ । ट्र्र्याक्टरका चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरव निवासी कृष्णबहादुर विक घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।