२०८३ असोज २४ गते शनिवार

जनतासँग पैसा खाएको भेट्टाउनुस् वर्दी फुकाल्छु : डिआइजी राई

 तुलसीपुर, ११ माघ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका  प्रमुख तथा प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवामा रहँदा एक रुपैयाँ खाएको भेट्टाएमा वर्दी फुकाल्ने बताउनुभएको छ । प्रदेश प्रहरी कार्यालयमा आयोजित परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा डिआइजी राईले जिम्मेवारीमा रहँदा निस्वार्थ भावनाले काम गरेको बताउँदै प्रदेशका १२ वटै जिल्लामा रहेका प्रहरी युनिटबाट नागरिकलाई निःशुल्क प्रहरी सेवा प्रवाह गर्ने बताउनुभयो । गट्टी, ढुङ्गा, बालुवा, सवारी चेकजाँचका क्रममा प्रहरीले आर्थिक असुल्ने गरेको गुनासो पत्रकारले गरेपछि डिआइजी राईले अव त्यसको अन्त्य गर्ने बताउनुभयो ।

जिम्मेवारी सम्हालेको ठाउँमा आफ्नो चालचलन बुझ्न पत्रकारहरूलाई आग्रह गर्दै राईले प्राकृतिक स्रोतमाथि आँखा लगाउनेलाई कारबाहीको दायरामा ल्याउने र त्यसका लागि सहयोग गर्न पनि आग्रह गर्नुभयो ।  लुम्बिनी प्रदेशमा रहेका कुनै पनि प्रहरी कार्यालयमा ठाडो उजुरीका लागि एक पैसा नलाग्ने बताउँदै पैसाकै कारण नागरिकले न्यायबाट बञ्चीत हुनु पर्ने अवस्था आउन नदिने उहाँले बताउनुभयो । प्रदेशको शान्ति सुरक्षाका लागि आफु प्रतिवद्ध रहेको बताउँदै अब प्रहरले फोन गर्दा को बल्या भन्यो भने कारबाही गर्ने समेत बताउनुभयो । प्रहरीको हटलाईन, टेलिफोन वा मोबाइलमा आएको फोन रिसीभ गर्दा कार्यालयको नाम, ठेगाना र पद नभन्ने प्रहरी जवान वा अधिकृतलाई कारबाही गर्ने उहाँले बताउनुभयो ।।

अडियाे सुन्न तल क्लिक गर्नुहाेस 
प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।