२०८३ असार २६ गते शुक्रवार

तुलसीपुरमा बिहानैदेखि विद्युत सेवा अवरुद्ध

तुलसीपुर, १० माघ । दाङको तुलसीपुरमा बिहानै देखि  विद्युत सेवा अवरुद्ध भएको छ । प्राधिकरणको कार्यालय परिसरमा रहेको ट्रान्समिटरमा समस्या हुँदा तुलसीपुर बजार क्षेत्रमा बिहान साढे ७ बजेदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।

बजार क्षेत्रमा लाइन सुचारु हुन करिब डेढ दुई घण्टा समय लाग्न सक्ने नेपाल विद्युत प्राधिकरण वितरण शाखा तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले बताउनुभयो । समस्या आएपछि मर्मत कार्य जारी रहेको प्राधिकरणले बताएको छ ।। विद्युत सेवा अवरुद्ध हुँदा हजाराै उपभोक्ता मर्कामा परेका छन् । 

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार
प्रतिक्रिया