एपिएफको बिजयी सुरुवात

लक्ष्मण बस्नेत ,माघ २ दाङ ।

प्रथम परिषद कप २८औ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता २०७४ आज देखि दाङको तुलसिपुरमा सुरु भएकोछ ।
अखिल नेपाल फुटबल सघको आयोजना तथा दाङ जिल्ला फुटबल सघको सयोजनमा सचालित प्रतियोगिताको उदघाटन न्याय परिषद नेपालका सदस्य माननीय पदमप्रसाद वैदिकले गर्नु भएको हो ।

यसैविच प्रथम परिषद कप २८ औ राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफले आफ्नो बिजयी यात्रा सुरु गरेको छ । मध्यपश्चिमलाई सुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले पराजित गर्दै एपिएफले बिजयी यात्रा सुरु गरेको हो । एपिएफका तर्फबाट खेलको ११ औ मिनेटमा जर्सी न १८ का खेलाडी अमीत अधिकारिले गरेको गोलनै निर्णायक गोल सावित भयो ।

उल्लेख्य दर्शकका बिच रोमाञ्चक अनि कडा प्रतिस्पर्धात्मक खेलमा मध्यपश्चिमले स्पष्ट फिनेसिङको अभामा गोल हुने आफ्ना थुप्रै संभावना गुमाएको थियो । प्रतियोगिता अन्तरगत भोलि बुधवार तुलसिपुर अरनिको खेल मैदानमा पश्चिमाञ्चल र नेपाल प्रहरी बिच दिउँसो १ बजे खेल हुनेछ । बुधवारको खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अपेक्षा गरिएकोछ । कार्यक्रमको सचालन दाङ जिल्ला फुटवल सघका महासचिव नरेन्द्र पुन र सदस्य लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ माघ २ गते मङ्गलवार
प्रतिक्रिया