तुलसीपुर २ माघ
न्याय परिषदका सदस्य पदमप्रसाद वैदिकले खेलकुदले राष्ट्रिय एकतालाई जोड्ने बताउनुभएको छ । मंगलबार देखि दाङको तुलसीपुरमा सुरु भएको २८ औ राष्ट्रिय पुरुष फुटवल प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति वैदिकले खेलकुदले राष्ट्रिय एकता र सदभावलाई जोडेर राष्ट्रप्रेमको मालामा गाँस्ने बताउनुभयो । संविधान जारी भएको लामो समय सम्मपनि कार्य सम्पादन हुन नसक्दा जनता प्रति निराशा छाएको भन्दै खेलकूद क्षेत्रले आशा जगाउने काम गरेको बताउनुभयो । विश्वमा राष्ट्रलाई चिनाउने माध्यम खेलकुद क्षेत्र भएपनि पछिल्लो समयमा खेलकुद परिषदमा देखिएको विवादले नमिठो बनाएको वैदिकले बताउनुभयो । ‘संविधान जारी भएको लामो समय भइसक्यो तर जनताले आशा गरे अनुसार अपलब्धी हुन सकेन’, वैदिकले भन्नुभयो, ‘संविधान पूर्ण कार्यान्र्यान्वनमा गयो भने केहि राहतको महुश अवश्य हुनेछ ।’ त्यसका लागि रानीतिक दलहरुले इमान्दारीका साथ संविधानलाई अक्षरस पालाना गर्नुपर्छ । वैदिकले फुटबल रेफ्रिलाई प्रदान गरे पछि फुटबल सुरु भएको हो ।
राजनीतिक दलका प्रतिनिधिरुले दाङमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता भएकोमा गौरवान्वित भएको बताउदै सफल पार्नका लागि पूर्णरुपमा सहयोग गर्ने बताउनुभयो । खेलकुदले राष्ट्रको गरिमा बढ्ने भन्दै यसको विकासका लागि सरकारले विशेष योजना ल्याउनु पर्ने बताएका थिए ।
उद्घाटन अवसरमा नेकपा एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेत, नेपाली कांग्रेसका कृतिबहादुर खड्का, जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्लीबहादुर डाँगी, राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षक विभागका उपनिर्देशक अर्जुन विक लगाएतले बोल्नुभएको थियो ।
दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रमको संचालन पत्रकार लक्ष्मण बस्नेतले गर्नुभएको थियो । अखिलनेपाल फुटबल संघको अयोजनामा भएको प्रतियोगिता माघ ६ गते सम्म संचालन हुने छ ।