२०८३ असोज २६ गते सोमवार

बलात्कार आरोपमा किशोर डाँगीविरुद्ध तुलसीपुर प्रहरीमा जाहेरी

तुलसीपुर, ५ पुस । बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा एक युवकका विरुद्ध जाहेरी परेको छ ।  गएको भदौ १७ गते तुलसीपुर– १४ भोजपुर निवासी एक किशोरीलाई तुलसीपुर– ८ अश्वाराको पेट्रोलपम्प नजिकै  बलात्कार गरेको भन्दै तुलसीपुर–९ बेलुवा निवासी २१ वर्षका किशोर डाँगीका विरुद्ध उजुरी परेको हो ।

आरोपी किशोर भागेकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुसीपुरका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो । बलात्कार लगत्तै रक्तश्राव र मानसिक तनावसँगै बिरामी परेकी युवतीलाई लामोसमय सम्म उपचार गर्दा समेत निको नभएपछि सोधीखोजी गर्दा घटनाको वास्तविकता खुलेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।  बलात्कारपछि पीडक डाँगीले पटक पटक डरत्रास देखाउँदै धम्की दिएका कारण ढिला गरि उजुरी आएको प्रहरीले बताएको छ । युवकका विरुद्ध प्रहरीले जबरजस्ती करणीमा मुद्दा दर्ता गरको छ । 

 

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।