तुलसीपुर, १३ पुस । तुलसीपुरमा एक युवकलाई अपहरण पश्चात चरम यातना दिएर निर्घात कुटपिट गरिएको छ । तुलसीपुर – ३ गहते निवासी २४ वर्षका टंकबहादुर भण्डारीलाई अपहरण पश्चात चरम यातना दिएर कुटपिट गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख पर्वत केसीले जानकारी दिनुभयो ।
तुलसीपुर –८ नयाँबस्ती निवासी विशाल सुनार, कमल बिक लगायत तीन जना युवाको समूहले खुकुरी देखाएर अमृतपुर खानेपानीकाे कार्यालय निजकैबाट अपहरण गरेर दमारगाउँको जङ्गलमा लगेको प्रहरीले जनाएको छ । सो समूहले कुटपिट गर्नुका साथै खुकुरी र तारबारले उल्टोगरी खुट्टाको पैताला र हातका औलामा हानेको पीडितले प्रहरीलाई बयान दिएका छन् ।
दिउँसो एक बजे अपहरणमा पुरेका युवकलाई साढे चार बजे दोघरेबाट छाडेको प्रहरीले बताएको छ । युवालाई प्रहरीलाई खबर गरेमा ज्यान मार्ने धम्की समेत दिएको निमित्त प्रमुख केसीले बताउनुभयो । कुटपिटबाट युवकलाई भित्री चाेट बढी लागेको छ । घटनामा संलग्न युवाहरूको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।