२०८३ असोज २६ गते सोमवार

दाङको तुलसीपुरमा संघातिक आक्रमण बढ्दै 

तुलसीपुर, १२ पुस । केही दिन यता दाङको तुलसीपुर सांघातिक आक्रमणका  घटना बढ्न थालेका छन् । दुई दिनको अवधिमा तुलसीपुर बजारका विभिन्न स्थानमा ३ जना युवकमाथि आक्रमण भएको छ ।  मंगलबार राति साढे ८ बजे ३ जना युवाको आक्रमणबाट तुलसीपुरको न्युरोडमा एक ड्राइभर घाइते भएको प्रहरीले बताएको छ । सडकमा हिडिरहेका ट्याक्टर चालक तुलसीपुर –६ निवासी  प्रताप रानालाई युवाको समूहले फलामको नखले प्रहार गर्दा टाउकाको विभिन्न भाग काटिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर– ६ निबासी राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई जना भने फरार भएका छन् । त्यसैगरी पुस ११ गते साँझ युवाहरूको एक समूहले तुलसीपुरको हात्तीखौवामा रड प्रहार गर्दा २ जना युवा घाइते भएका थिए ।  सामूहिक रुपमा व्यक्तिमाथि आक्रमण हुन थालेपछि नागरिकहरू त्रसित हुन थालेको छन् । तुलसीपुर क्षेत्रमा विभिन्न खाले घटनाहरूमा वृद्धि हुन थालेपछि नागरिकहरूले प्रहरीको काम गराई शैलीमा प्रश्न गर्न थालेका छन् ।

यता प्रहरीले पनि आपराधिक घटनामा वृद्धि भएको स्वीकार गरेको छ । तर नियन्त्रणका लागि भने विशेष सुरक्षा योजना र रणनीति बनाएको पाइदैन् । चिसोमा केहि युवाहरुले मादक पदार्थ सेवन गर्ने गरेका कारण यस्ता घटनामा वृद्धि भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।