तुलसीपुरमा फिल्मी शैलीमा बालिका बलात्कार 

तुलसीपुर, ९ मंसिर । दाङको तुलसीपुरमा करिब  १२/१३ वर्षकी बालिका फिल्मी शैलीमा बलात्कृत भएको रहस्य खुलेको छ ।  आफन्तकोमा जान हिँडेकी बालिकालाई पुर्‍याइदिने भन्दै बाइकमा राखेका तुलसीपुर कचिला निवासी २६ वर्षका अम्मर विकले बसपार्कमा लगेर बलात्कार गरेको तुलसीपुर प्रहरीले बताएको छ ।

तुलसीपुरको विद्युत नजिकै ग्वारखोलामा रहेका आफन्तको जानका लागि सानो बच्चा सहित तीनजना राति करिब १० बजे हिडिरेहका रहेछन् । बाइकवालाले म पुर्‍याइदिन्छु भने छ । पहिला बच्चा र आमालाई ग्वारखोला लगेर छोड्यो । त्यसपछि बालिकालाई लिन आएको आरोपीले बसपार्कमा लगेर बलात्कार गरे छ ।’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले भन्नुभयो ।

आरोपी विकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । घटना ७ गते राति १० बजेकाे हाे ।

 

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार
प्रतिक्रिया