श्रीमानको कुटपिटबाट श्रीमती गम्भिर घाइते

तुलसीपुर, २३ कार्तिक । दाङको तुलसीपुरमा श्रीमानको कुटपिटबाट श्रीमती गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी ३२ वर्षकी पार्वती रोका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । श्रीमतीलाई निर्घात कुटपिट गर्ने ४३ वर्षका श्रीमान ज्ञानु रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको टाउको र पेटमा चोट रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २३ गते बुधवार
प्रतिक्रिया