फाइल फाेटाे
तुलसीपुर, २२ असोज । पश्चिम दाङको बालापुरमा जुवा खेलिरहेको अवस्थामा ५ लाख बढी रकम सहित १५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ नम्बर गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका जवान कृष्णमान चौधरी, दंगिशरण ५ का वडा सदस्य कमल वली, हिरा योगी समेत गरेर १५ जना रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त टोलिले जुवाडेको साथबाट ५ लाख २८ हजार ३ सय ४० रूपैँया बरामद गरेको जनाएको छ । प्रहरीले पक्राउ परेकाहरुलाइ मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।