तुलसीपुर, २२ असोज । दाङको तुलसीपुरबाट प्रशारण हुदै आएको नेपालकै पहिलो बाताबरणमैत्री सामुदायिक रेडियो प्रकृति एफएम ९३.४ मेगाहर्ज १३ औँ वर्षमा प्रवेश गरेको छ । रेडियो आजदेखि १२ बर्ष पुरा गरी १३ औँ बर्षमा प्रवेश गरेको हो । प्राकृतिक श्रोत व्यवस्थापन समाज नेपाल द्धारा संचालित रेडियो प्रकृति एफएमले २०६७ असोज २२ गतेबाट तुलसीपुरको सल्यान रोडबाट आफ्नो प्रशारण यात्रा सुरु गरेको थियो ।
रेडियोले स्थापनाकाल देखि वन, वातावण र प्रकृति संरक्षणका मुद्दालाई मुख्य प्राथमिकता दिदै आएको छ । त्यसैगरी रेडियोले समाचार , बहस, स्वास्थ्य, शिक्षा, खेलकुद, साहित्य, संकृति, मनोरञ्जनात्मक कार्यक्रम लगाएतका विभिन्न सामग्री उत्पादन तथा प्रशारण गदै आएको छ । रेडियो दैनिक विहान पाँच बजेदेखी राती १० बजे सम्म नियमित प्रशारण हुदै आएको छ ।
यसैबिच रेडियो प्रकृति एफएम संचालक समितिका अध्यक्ष खगेन्द्र प्रसाद पोख्रेल र स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै रेडियो प्रकृतिलाई यहाँसम्म ल्याइपु¥याउन
महत्पूर्ण भूमिका निर्भाह गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको छ । ‘सम्पूर्ण श्रोता, विज्ञापनदाता, उद्योगी, व्यवसायी, राजनीतिक दल, सामाजिक अभियन्ता लगायत सबैको, सहयोग, सदभाव र मायाले आज हामी यो ठाउँमा आएका हौ । आगामी दिनमा पनि तपाईहरुको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछौ ।’ संयुक्त विज्ञप्तीमा भनिएको छ ।।





