२०८३ भाद्र ९ गते मङ्गलवार

नातिनी बलात्कार आराेपमा बाजेका बिरुद्ध तुलसीपुरमा उजुरी

सांकेतिक फोटो

तुलसीपुर १९ असाेज । दाङमा एक वृद्धले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ निबासी ६२ बर्षका आफ्नै हजुरबुवाले १० बर्षकी नातीनीलाई बलात्कार गरेको प्रहरीले बताएको छ । असाजे १६ गते बालिकालाई बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको हो ।

बलात्कारमा संलग्न वृद्ध फरार रहेको र खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । एउटै हाडनाता पर्ने भएकाले बालिका र वृद्धको नाम गोप्य राखिएको छ ।

त्यसैगरी तुलसीपुर उपहानगरपालिका ६ मा पनि ९ बर्षकी बालिका माथि बलात्कारको प्रयास भएको छ । १७ बर्षका निरज रावतले असोज १२ गते बलात्कारको प्रयास गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको हो । घटनामा सलंग्न युवकको खोजी कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २०७९ असोज १९ गते बुधवार
प्रतिक्रिया