व्यवसायी पैसामुखीहुँदा यातायात क्षेत्र बदनाम भयो – उपमहासचिव हमाल

 

तुलसीपुर, ८ पुष
नेपाल यातायात महासंघका केन्द्रीय उपमहासचिव शुरेस हमालले यातायात व्यवसायीले गुणस्तरिय सेवामा जोड दिनुपर्ने बताउनुभएको छ । दाङजिल्ला ट्रयाक्टर व्यसायी समितीको १७ औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यातायात व्यवसाय नाफामुखी मात्रै नभई सेवामुखी पनि भएकाले गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । सबै यातायात व्यवसायीका समस्या एकैप्रकारको भएकाले समस्या समाधानका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यातायात क्षेत्रमा सिन्डिकेट प्रथाको अन्त्य गर्नुपर्ने बताउँदै स्वच्छ प्रतिष्पर्धामा गरेर जनताको मन जित्नुपर्ने धारणा राख्नुभयो । पैसा मात्रै कमाउन चाहने केही व्यक्तिका कारणले यातायात क्षेत्रको बदनाम भइरहेको दावी गर्दै हमालले समयको माग अनुसार अघी बढ्न आग्रह गर्नुभयो ।

समितीका अध्यक्ष चिन्तामणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै इप्रका तुलसीपुरका डीएसपी प्रकाश सापकोटाले व्यवसाय गर्दा सवारी नियमको पालनामा लापरवाही भएको भन्दै नियम पालना नगरे कार्वाही गर्ने बताउनुभयो ।
नेकपा एकपा एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेत,नेपाली कांग्रेसका नेता जगतबहादुर खड्का,नेपाल संयुक्त ट्रक यातायात व्यवसायी समितीका सचिव उमेशचन्द्र मज्गैया , तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत , तुलसीपुर उपमहानगर पालिका वडा नं ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाह, टे«क्टर समितिका सल्लाहकार बिमाल रिजाल, राप्ती अटो इन्जिनेरीङ तुलसीपुरका सचिव कमल गौतम लगाएतकाले बोल्नु भएको थियो ।
साधारणसभामा महासचिव द्रोण देवकोटाले सांगठीनक प्रतिवेदन र कोषाध्यक्ष सुमनकुमार पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ पुष ८ गते शनिवार
प्रतिक्रिया