तुलसीपुर,२ पौष ।
तुलसीपुर उपमहानगरपालिका ३ गहतेस्थित त्रिवेणी सामुदायिक वनमा वन समूहका पदाधिकारीको मिलेमतोमा काठ तस्करी हुने गरेको पाइएको छ । वन समूहका पदाधिकारीले अबैध रुपमा कटान गरेको काठ प्रहरीले फेला पारेपछी यस्तो रहस्य खुलेको हो । वनका उपभोक्ताले पदाधिकारीले अबैध रुपमा काठ काटेको सूचना दिएपछी प्रहरी चौकी बेलुवाका प्रमुख, प्रंहरी सहायक निरीक्षक टिका कुँवरको नेतृत्वको प्रहरी टोली पुगेर काठ बरामद गरेको थियो ।
उक्त जंगलमा अबैध रुपमा काटिएका करिब १३ क्यूफिट सालको काठ बरामद गरिएको इप्रका तुलसीपुरका प्रमुृख डीएसपी प्रकास सापकोटाले जानकारी दिनुभएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०७४ पुष २ गते आइतवार