३ बर्षीय छोराको हत्या गरेर भागेका वाबु कोहलपुरबाट पक्राउ

बर्दीया, २३ साउन । बर्दियामा ३ वर्षीय बालक हत्याको आरोपमा बाबु पक्राउ परेको प्रहरीले जनाएके छ । पक्राउ पर्नेमा बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बस्ने डम्बरबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ । साउन १६ गते घरबाट ३ बर्षीय छोरालाई सँगै लिएर वाबु बेपत्ता भएका थिए ।

आफन्तले नाबालकको खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्ने क्रममा बोहरा सोमबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नावय उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

बोहरा पक्राउ परेपछि नाबालकको शव पनि फेला परेको प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । सोधपुछ गर्ने क्रममा बोहराले देखाएको ठाउँमा नाबालकको शव फेला परेको थियो ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया