तुलसीपुर,१० साउन । तुलसीपुमा कुखुरा चोरी गरेर भाग्ने क्रममा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने २१ वर्षीय चेत बहादुर बुढा र घोराही उपमहानगरपालिका १० बस्ने २१ वर्षीय धनसिंह बुढा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्सपेक्टर बखत बहादुर शाहीले जानकारी दिनुभयो । गएराती १२ बजे तुलसीपुर उपमहानगरपालिका १२ कपडादेवि स्थित कुखुरा फर्मबाट उनिहरु कुखुरा चोरी गरी भाग्ने क्रममा स्थानियले देखेपछि पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका थिए ।
खोरमा २२ वटा बदिया भाले रहेको र चोरले २ वटा भाले समातेर भाग्न लागेको अवस्थामा समातेर प्रहरीलाई बुझाएको स्थानीय भिमप्रसाद भण्डारीले जानकारी दिनुभयो । राती सिंचाईका लागि खेतमा जानेक्रममा भाले बाहिर निस्किएको देखेपछि कुखुरा पालकलाई खबर गरी चोरलाई समातिएको उहाँले बताउनुभयो । चोरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।