तुलसीपुर, ५ साउन । दाङको तुलसीपुरमा अबैध लागु औषध ब्राउनसुगर सहित ४ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ज्ञानज्योति टोल निबासी२१ बर्षका अर्जुन नेपाली, सुकौरा रोड निबासी २५ बर्षको सागर गन्धर्व, तुलसीपुरको बसपार्क निबासी २३ बर्षका सन्तोष बिक, र २५ बर्षका निर्मल घर्ती रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट ४९० मिलीग्राम ब्राउनसुगर, नगद २३ हजार, ४ थान मोबाईल बरामद गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो । प्रहरीले अर्जुनसग १ पुडिया, सागरसंग ६ पुडिया, सन्तोषसंग २ पुडिया र निर्मलसंग १ पुडिया ब्राउनसुगर बरामद गरेको जनाएको छ ।
सोही वडाकोे शिखर कोलोनीमा अवैध लागु औष ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक शाहीको नेतृत्वमा गएको प्रहरी टोलिले उनिहरुलाई बेलुका ६ बजे पक्राउ गरेको हो ।





