२०८३ भाद्र ९ गते मङ्गलवार

बसले मोटरसाईकललाई ठक्कर दिदा दाइको मृत्यु , बहिनी घाइते

तुलसीपुर, ४ साउन । कपिल वस्तुको गोरुसिङेमा बसले मोटरसाईकललाई ठक्कर दिदा दाईको मृत्यु भएको छ भने बहिनी घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी २० बर्षका सुशील केसी रहेको ईलाका प्रहरी कार्यालय गोरुसिङेका इन्चार्ज प्रहरी निरीक्षक सशी शर्माले जानकारी दिनुभयो । घटनामा परेर गम्भिर घाइते हुनुभएका सुशीलको उपचारको क्रममा तौलिया अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाईकलमा पछाडी सवार मृतको बहिनी १७ बर्षकी कुश्मा केसीको बुटवलमा उपचार भइरहेको छ । बुटवलबाट बिहान साढे ६ बजे बर्दियाको राजापुरका लागि छुटेको ना५ख ९३५० नम्बरको यात्रुबाहक बसले वुद्धभूमि नगरपालिका–९ चम्पापुरमा रा७प ३५९४ नम्बरको मोटरसाईकलाई बिहान साढे आठ बजे ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुशील र कुश्मा मोटरसाईकलमा दाङको तुलसीपुरबाट काठमान्डौ जाँदै थिए ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया