२०८३ भाद्र ९ गते मङ्गलवार

तुलसीपुरका मेयर र गबन्धनका वडाध्यक्षहरुका बिचमा यसरी कुरा मिल्यो

तुलसीपुर, ७ असार । तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्का र गठबन्धनका  वडा अध्यक्षहरुका बिच सहमति भएको छ । आज बिहान मेयर खड्काको कार्यकक्षमा गठबन्धनको तर्फबाट ९ का वडा अध्यक्ष घनश्याम ढकाल, १२ का वडा अध्यक्ष खुशीराम चौधरीका बिच भएको सहमति अनुसार मेयर खड्का विभिन्न विषयगत समिति दिनका लागि राजी भएपछि कुरा मिलेको हो ।
बार्तामा सहभागी ढकालका अनुसार प्राकृति स्रोत साधन समितिको संयोजकमा शंकर खड्का, बसपार्क पेट्रोलपम्प व्यवस्थापनमा वीरेन्द्रकुमार शाह, युवा खेलकुदमा शिवानन्द डाँगी, सहकारी विभागमा खुशीराम चौधरी र राजश्व परामर्शमा पनि बुधबार बस्ने कार्यपालिका बैठकबाट केहि परिमार्जन गर्दै अघि बढ्ने सहमति भएको छ ।
सहमति भएसंगै आज प्रस्तुत गर्न लागिएको नीति तथा कार्यक्रममा गठबन्धनका ९ जना वडा अध्यक्षहरु सहभागी हुने छन । यद्यपी तुलसीपुर उपमहानगरको कार्यपालिकामा भने एमालेको बहुमत छ ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया