२०८३ असार ३० गते मङ्गलवार

पाँच लाख घुससहित मातपोतका प्रमुख पक्राउ

धनुषा २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ ।  आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधाम भानु चोकमा रहेको एक चिया पसलबाट घुसबापत सेवाग्रहीसँग लिएको पाँच लाख रुपैयाँसहित प्रमुख झालाई पक्राउ गरेको हो ।  गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया