२०८३ असार १० गते बुधवार

छुट्टा छुट्टै स्थानबाट पेस्तोल सहित तीन जना पक्राउ

फाईल फोटो

काठमाण्डौ,२६ चैत । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० बाट एक थान पेस्तोल र पेस्तोलको एक थान म्याग्जिनसहित दुईजना प्रक्राउ परेका छन् । शनिबार बिहान जकपुरधाम–४ का ३० वर्षीय इन्द्रेशकुमार सिंह र वडा नम्बर ८ का १९ वर्षीय अर्जुनकुमार सिंहलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरूलाई हतियारसहित नियन्त्रणमा लिइएको हो । उनीहरूको साथबाट ज ७ प ७९३२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस्तै‚ रूपन्देहीको सैनामैना नगरपालिका–१ भाटा एकताटोलका दलबहादुर सुनारलाई पनि सिसाको गोली १२ थान, फलामको टुक्रा (छर्रा) ८ थान, केप १२ थान र बारुदसहित प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रन्यौराको टोलीले शुक्रबार राति उनको घर तलासी गर्दा हतियार फेला पारेका प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया