यु-१९ एसिया कप : अफगानिस्तानलाई नेपालले दियो १०४ रनको लक्ष्य

काठमाडौं, मंसिर १ /

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा फाइनल यात्राका लागि नेपाल र अफगानिस्तानबीच खेल भइरहेको छ । मलेसियाको किनरारा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा अाएको नेपालले २८ अोभरमा १०३ रन बनाउँदा सबै विकेट गुमायो ।

अफगानिस्तानका मुजिब उर रहमानले नेपाली पालीलाई सम्हालिन दिएनन् । उनले नेपालको ६ विकेट लिए । आशिफ शेख शून्यमै मुजिब उर रहमानको बलमा एलबीडब्लू आउट भए । मुजिब उर रहमानकै दोस्रो अोभरमा १५ बलमा १ रन बनाएका जितेन्द्र सिंह अाउट भए ।

२० बलमा ६ रन बनाउँदा दिपेन्द्र सिंह एेरी, ७ बलमा ४ रन बनाउँदा रोहित कुमार पाैडेललाई मुजिब उर रहमानले नै अाउट गरे । अर्धसतक बनाएलगत्तै अनिल कुमार साह पनि मुजिब उर रहमानको बलमा आउट भए । उनले ५७ बलमा ७ चौका र एक छक्काको मद्धतमा ५० रन बनाए ।

भीम सार्की १९ बलमा ६ रन बनाउँदा रन आउट भए । १५ बलमा ८ रन बनाउँदा पवन सर्राफ अहमदको बलमा स्टम्पिङ भए । किशोर महतो मुजिब उर रहमानकै बलमा शून्यमै आउट भएका हुन् । यस्तै कमल सिंह ऐरी अहमदको बलमा शून्यमै आउट भए ।  १० बलमा ७ रन बनाउँदा सन्दिप लामिछाने रन आउट भए । साहब आलमले १५ बलमा ७ रन बनाए ।

प्रकाशित मिति : २०७४ मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया