२०८३ असार २६ गते शुक्रवार

अज्ञात व्यक्तिको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

तुलसीपुर, २३ चैत्र ।  सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर–९ मा बुधबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गर्दा भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगम बस्ने ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो ।

महतोमाथि मंलगवास्थित कृष्णामती विद्यालयको पछाडि पूर्वतर्फ अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

गोली कसले र किन चलायो भन्नेबारेमा केही खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया