२०८३ जेष्ठ २७ गते बुधवार

ईलाका प्रशासन तुलसीपुरले सेवालाई थप सहज बनाउदै,कार्यलयमा दर्ता कक्ष थप

फाइल फोटो

तुलसीपुर, २२ चैत । ईलाका प्रशासन कार्यालय तुलसीपुरले सेवा प्रवाहलाई थप सहज बनाएको छ । कार्यालयमा सेवाग्राहीहरुको अत्यधिक चाप बढेपछि दर्ता कक्ष थप भएको प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिनुभयो । विशेषगरी राहदानी र राष्ट्रिय परिचय पत्र सेवा लिने सेवाग्राहीहरुलाई मध्यनजर गर्दै कार्यालयमा फाराम दर्ता कक्ष थप गरिएको हो । यस अघि एउटा मात्रै फाराम दर्ता कक्षबाट सेवा दिदा भिडभाड हुने अवस्था आएपछि आफुहरुले विभागमा बारम्बार ताकेता गरेर अहिले राष्ट्रिय पन्जिकरण विभागबाट एक जना कम्युटर अपरेटर सहित दर्ता कक्ष संचालनमा ल्याएको उहाले बताउनुभयो ।

कार्यालयमा मंगलवार देखी दुई वटा दर्ता कक्षबाट सेवा संचालन गरिएको छ । दैनिक कायर्यलयमा तिन सय सेवाग्राही आउने गरेकोमा एक सय देखी डेढ सय सम्म सेवाग्राहीलाई सेवा दिन सकिएको थियो । अब दैनिक दुई सय सेवाग्राहीलाई सेवा दिन सकिने उहाले बताउनुभयो । देशभरका ४५ वटा ईलाका प्रशासन कार्यालय मध्ये यसरी दुई वटा दर्ता कक्षबाट सेवा सुचारु गर्ने आफुहरु पहिलो भएको उहाले बताउनुभयो । सेवाग्राहीहरुको धेरै चाप बढेपछि विहान छ बजेदेखी बेलुका सात बजे सम्म अतिरिक्त सेवा दिदा पनि कर्मचारीलाई भ्याईनभ्याई भएको उहाले बताउनुभयो । उहाले अहिले कर्मचारी थप भए संगै सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । विशेषगरी राष्ट्रिय परिचय पत्र जिल्ला बाहिर नागरिकले समय बनाउन सक्ने भएकाले कार्यलयमा चाप बढेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया