२०८३ जेष्ठ २३ गते शनिवार

स्थानीय तहको चुनावका लागि मतपत्र छपाइको काम सुरु

फाईल फोटो

काठमाण्डौ,२० चैत । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि जिल्लाअनुसार फरक–फरक मतपत्र छपाइको काम सुरु गरेको छ। आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावको लागि हिजोदेखि मतपत्र छपाईको काम सुरु भएको हो । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइको काम सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाबाट निर्वाचनमा भाग लिने दलहरूको सङ्ख्या अनुरुप जिल्लापिच्छे फरक–फरक आकारको मतपत्रको डिजाइन गरिएको छ।१ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भए पनि १० देखि १५ प्रतिशतभन्दा बढी मतपत्र छपाइ गरिने आयोगले जनाएको छ । सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट आयोगलाई दिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया