२०८३ जेष्ठ २३ गते शनिवार

तुलसीपुरमा अहिले सम्म खोप नलगाएकालाई जोनसन लगाईदै

फाइल फोटो

तुलसीपुर, १४ चैत । तुलसीपुर उपमहानगरपालिकामा कोरोना संक्रमण विरुद्धको बुस्टर डोज र जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको छ । पहिलो र दोस्रो डोज लगाएका दिर्घरोगी , जेष्ठ नागरिक लगायत लक्षित समुहलाई अतिरिक्त अर्थात बुस्टर डोज खोप दिन सुरु गरिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । तुलसीपुरका सवै स्वास्थ्य संस्थाबाट अष्ट्राजेनेका बुष्टर डोज खोप लगाउन सुरु गरिएको छ । यस्तैगरी दोस्रो मात्राको अष्ट्राजेनेका र भेरोसेल खोप पनि लगाउने क्रम जारी रहेको उहाले जानकारी दिनुभयो ।

उनका अनुसार अहिले सम्म कुनै खोप नलगाएका नागरिकहरुलाई जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार १८ बर्ष उमेर समुह भन्दा माथी अहिले सम्म खोप नलगाएहरुलाई जोनसन खोप लगाउन सुरु गरिएको उहाले जानकारी दिनुभयो । उहाले मंगलवार सम्म मात्रै खोप लगाउने समय भएकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर , तुलसीपुर उपमहानगरका १९ वटै वडाका स्वास्थ्य संस्था , तुलसीपुर उपमहानगरपालिका , बसपार्क नगर स्वास्थ्य केन्द्र, दोघरे र गोरखा बोर्डिङ स्कुलमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया