तुलसिपुर १० चैत । दाङ प्रहरीले खैरो हिरोईन सहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराहि उपमहानगर पालिका १५ कोठे खोला बस्ने २८ बर्षीय बिक्रम चौधरी घोराहि १७ बस्ने २५ बर्षीय सुनिल बि.क. र घोराहि १४ बस्ने २१ बर्षीय सुनिल एरी रहेको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी नायव उपरीक्ष मुकुनद प्रसाद रीजालले जानकारी दीनु भयो ।
उनिहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत नजिकै रहेका पार्वति रेष्टुरेन्ट नास्ता पसल भित्र बाट बुधवार साँझ पक्राउ गरीएको उपरीक्ष रीजालको भनाई छ । उनीहरुको साथबाट दुई ग्राम लागुऔषध खैरो हिरोईन तथा तीन थान मोबाइल बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार






