सांकेतिक तस्विर
तुलसीपुर,२१ फागुन । सल्यानमा सामुदायिक बन भित्र एक जनाको शव फेला परेको छ । कपुरकोट गाउँपालिका २ बस्ने ६४ बर्षिय मेवालाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । गत बुधवारदेखि घरबाट हराएका नेपाली आज शनिवार बिहान ९ बजे सोहि वडाको फुर्केमेल सामुदायिक बनमा मृत फेला परेको प्रहरीको भनाई छ । उक्त दिन साँझ सम्म पनि घर नफर्किएपछी घरपरिवारले प्रहरिलाइ खबर गरेका थिए । बिहिबारदेखी प्रहरी र स्थानियले खोजिकार्य गर्दा शनिवार शव फेला परेको प्रहरीले बताएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार





