२०८३ मङ्सिर ९ गते बुधवार

भारतीय सेनाले दियो नेपाली सेनालाई एकलाख डोज कोभिड खोप

तुलसीपुर, १२ फागुन । भारतीय सेनाले नेपाली सेनालाइ एकलाख डोज कोभिड सील्ड  खोप उपलब्ध गराएको छ । भारतीय सेनाले  नेपाली सेना र नेपालमा बसोबास गर्ने भूतपूर्व भारतीय गोर्खा सैनिकहरु तथा तिनका आश्रित परिवारका लागि खोप उपलब्ध गराएको हो । जंगी अड्‍डामा आयोजित कार्यक्रममा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्त नारायणनले  नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई हस्तान्तरण गर्नु भएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी कार्कीले यस सहयोगको लागि मित्रराष्ट्र भारत तथा भारतीय सेनालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । यस किसिमको सहयोगबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।