रोकिएन बन माथीको अतिक्रमण

विमला घर्ति,घोराही १५ कात्तिक ।
दाङमा २ हजार पाँच सय हेक्टर वन अतिक्रमणको चपेटामा परेको छ । बिगतका वर्षहरुको तुलनामा अतिक्रमणमा केही कमी आए तापनि अतिक्रमण पूर्ण रुपमा रोकिएको छैन । जिल्ला वन कार्यालय दाङले दिएको जानकारी अनुसार गतवर्ष दाङमा विभिन्न वहानामा ३३ हेक्टर क्षेत्र अतिक्रमणमा परेको थियो ।

कार्यालयले अहिले जिल्लाको २ हजार ५ सय हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । सहायक वन अधिकृत हरि गौतमले २०४७ साल यता हालसम्म अतिक्रमित क्षेत्र हेर्दा २ हजार ५ सय हेक्टर पुगेको जानकारी दिनुभयो । जिल्लामा भएको २० हजार हेक्टर वन क्षेत्रमध्ये हालसम्म २ हजार ५ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको गौतमले जानकारी दिनुभयो ।

सुरक्षाका लागि वेस क्याम्प निर्माण, नयाँ बस्ती विकास, सुकुम्बासी, मुक्त कमैया, बाढीपीडितका लागि पहिलो व्यवस्थापन वन क्षेत्र भएको गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ कार्तिक १५ गते बुधवार
प्रतिक्रिया