लागुऔषध मुद्दामा फरार एक अभियुक्त पक्राउ

तुलसीपुर,२६ पुुस । दाङमा लागुऔषध मुद्दामा फरार एक अभियुक्तलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ बस्ने २४ वर्षीय आशिष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कपिलबस्तु जिल्ला अदालतबाट गत भदौ ३१ गते लागुऔषध मुद्दामा फरार रहेका केसीलाई खोजतलास गर्ने क्रममा सोमबार बिहान अन्दाजी साढे १० बजे सोहि वडाको दिपशिखा चोकबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । साथै पक्राउ परेका केसीलाई आज सोमबार देउखुरी जिल्ला अदालत बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार
प्रतिक्रिया