सुनका गरगहना र नगद सहित दुई जना पक्राउ

तुलसीपुर,२६ पुस । दाङमा सुनका गरगहना र नगद सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं.१ माथिल्लो भालुवाङ बस्ने अन्दाजी १८ वर्षीय बसन्त खत्री र सोहि ठाउँ बस्ने २३ वर्षीय खेमराज चौधरी रहेको सोमबार जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

गत शनिबार सोहि ठाउँ बस्ने गंगा देवी क्षेत्रीको घरको पुजा कोठामा रहेको काठको बाकसको ताल्चा फोडी छालाको हाते पर्समा राखिएको सुनका गहना र नगद हराएको भनि इलाका प्रहरी कार्यालय भालुवाङमा निवेदन परेको थियो । सोहि आधारमा अनुसन्धान गर्दा पक्राउ परेका उनिहरुको साथबाट सुनको बाला ५ थान,मंगल सुत्र २ थान,सुनको सोली ४ थान र निलो बट्टा सहित ६ सय रुपैयाको चाँदिको सिक्का १ थान गरी अन्दाजी ४ लाख ५२ हजार मुल्य बराबर बरामद गरिएको छ । साथै नगद ३९ हजार ५ सय र रेडमि मोबाईल १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार
प्रतिक्रिया