दाङमा राष्ट्रिय फुटबल प्रतियोगिता हुने

तुलसीपुर, १४ कात्तिक ।
दाङमा राष्टिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । सन् २०१८ मा नेपालमा हुन लागेको १५ औ दक्षिण एसीयाली खेलकुद अन्र्तगत राष्टिय खेलकुद परिषदले खेलको तयारी गर्न लागेको हुदा दाङमा पनि प्रतियोगिताको आयोजना गर्न लागीएको जिल्ला फुटबल संघका महासचिव सुसील श्रेष्ठले जानकारी दिनु भएको छ ।

साथै विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न लागे पनि दाङमा उपयुक्त खेल मैदान नहुदा समस्या हुने गरेको सराकोकारवालाहरुले बताएका छन् । आज तुलसीपुरमा खेल मैदान व्यवस्थापनको लागी सरोकारवालाहरु संग गरीएको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा उनीहरुले राष्टिय स्तरको खेलकुद आयोजना गर्नका लागी मैदानको अभाव हुने गरेको बताएका छन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले खेल मैदानलाई व्यवस्थित गर्नका लागी कार्यालयले खर्च व्यवस्थापन गर्ने बताउनु भएको छ । उहाले राष्टिय स्तरको खेल सन्चालनका लागी खेल मैदानलाई व्यवस्थित गर्नुको साथै उपमहानगरपालिकाले गर्ने सहयोगमा कुनै कमी नहुने बताउनु भएको छ ।

प्रतियोगिताका लागी तुलसीपुुरको अरनीको खेल मैदान,महेन्द्र स्कुल,गाईडहरमा खेल मैदान तयार र व्यवस्थित गरीने भएको छ । मंसीरमा हुने प्रतियोगितामा पाँच वटा विकास क्षेत्रबाट क्षेत्रिय एक एक टिम गरी पाँच टिम र नेपाल प्रहरी, नेपाल आर्मी र शसत्र प्रहरी गरी जम्मा ८ वटा टिम सहभागि हुने भएका छन् । उक्त टिमबाट राष्टिय खेलकुदका लागी छनोट गरिने महासचिव श्रेष्ठले बताउनु भएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया