माग गरेको २४ घण्टाभित्र धाराः मेयर पाण्डे

तुलसीपुर, २१ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पदहस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उपभोक्ताले माग गरेको २४ घण्टाभित्रै धारा उपलव्ध गराउने परीपाटी विकास गर्न नया नेतृत्वलाइ आग्रह गर्नुभएको छ ।
‘सवै प्रकृया पुगेका छन् भने उपभोक्ताले माग गरेको २४ घण्टाभित्रै धारा उपलव्ध गराउने परीपार्टीको विकास गर्नुस्, त्यसमा सहयोग गर्न तुलसीपुर उपमहानगरपालिका तयार छ’, नवनिर्वाचित नेतृत्वलाइ नगर प्रमुख पाण्डेले भन्नुभयो ।

एक घर एक धारा आफ्नो चुनावी एजेण्डा पनि रहेको बताउंदै मेयर पाण्डेले तुलसीपुर उपमहानगरपालिकामा खानेपानीको सहजताकालागी हरेक विकल्पमा प्रवेश गर्न पनि नया नेतृत्वलाइ आग्रह गर्नुभयो । अहिले उपमहानगरपालिकाले यस क्षेत्रका तीनवटा खानेपानी संस्थामा सहलगानीका योजना ल्याउन प्रयासरत रहेको बताउंदै सहलगानीका योजनाको प्रकृाया तत्काल अगाडि बढाउन पनि आग्रह गर्नुभयो । ‘सहलगानीको प्रकृया चांडै अघि बढाउनुस्, उपभोक्ताले उठाउने दश प्रतिशत रकमका सन्दर्भमा जमाती बस्ने समेत म तयार छु’, नगरप्रमुख पाण्डेले भन्नुभयो । सहज रुपमा पानीको उपलव्धता मुलुकको संविधानलेनै मौलिक हकका रुपमा लिएकाले त्यसलाइ कार्यान्वयनमा ल्याउंदै उपभोक्तालाइ मुहानदेखि मुखसम्मै सुद्ध पानी उपलव्ध गराउन पनि प्रमुख अतिथि पाण्डेले आह्वान गर्नुभयो । त्यसैगरी कार्यालयलाइ चुस्त बनाउन आधुनिक सुचना प्रविधिको अत्यधिक उपयोग गर्न तथा कर्मचारीको चुस्त सांगठनिक संरचना निर्माणमा लाग्न पनि उहाँको सुझाव थियो ।

निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीको अध्यक्षतामा भएको शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नगर सचिव रुपबहादुर खत्री, नेपाली काँग्रेसका नगरसचिव बिमल पौडेल, नेकपा माओवादीका नगरसचिव तुलाराम भण्डारी, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष विष्णु थापा, जनता समाजवादी पार्टीका संघिय सदस्य जिवन भण्डारी, राष्ट्रिय जनमोर्चाका नगर सचिव दुर्गा भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका युवा नेता इश्वरी पाण्डे, नेकपा क्रान्तीकारीका नेता इश्वरी प्रसाद गैरे, राप्रपाका श्रीमण न्यौपाने, निवर्तमान अध्यक्ष खेमराज वली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालीसे, बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतम, नवनिर्वाचित अध्यक्ष यमकान्त भण्डारी, घोराही खानेपानीका अध्यक्ष देविबहादुर डिसी, तुलसीपुर खानेपानीका पूर्व अध्यक्ष टोपबहादुर शाह, निर्वाचन अधिकृत ध्रुव रेग्मी , भिम केसीलगायतले शुभकामना मनतव्य व्यक्तगरेका थिए । सो अवसरमा निर्वाचनमा सहयोग गर्ने निर्वाचन समिति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण कार्यालय प्रमुख सुसिल श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया